२०७९ आश्विन १५ गते , शनिबार

मिस्टर एन्ड मिस टिन वर्ल्ड नेपालको उपाधि पीयूष र सुनैनालाई

sajilo news
झापा
२०७९ आश्विन ३ गते , सोमबार
मिस्टर एन्ड मिस टिन वर्ल्ड नेपालको उपाधि पीयूष र सुनैनालाई

‘मिस्टर एन्ड मिस टिन वर्ल्ड नेपाल २०२२’ को उपाधि पीयूष अग्रवाल र सुनैना क्षेत्रीले चुम्न सफल भएका छन् । फेलिज इन्टरनेशनलले राजधानीमा आयोजना गरेको प्रतियोगिताको अन्तिम स्पर्धामा पीयूषले मिस्टर र सुनैनाले मिसतर्फको शीर्ष उपाधि चुम्न सफल भएका हुन् । 

पीयूषले पर्सनालिटी र कन्जिन्यालिटी उप(शीर्षकसमेत हात पार्दा सुनैना मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइससमेत बने। प्रतियोगितामा मिस्टरतर्फ सुजल सङ्ग्रौला फष्टरनर अप र सुरज रसाइली सेकेन्ड रनरअप बन्दा मिसतर्फ दीक्षा उपाध्याय फस्ट रनरअप र विदिशा श्रेष्ठले थड रनरअपको उपाधि हात पारे।

प्रतियोगिताका शीर्ष विजेताले १० अक्टोबरमा टर्कीको इस्तानबुलमा आयोजना हुने ‘टप मोडल अफ युनिभर्समा’ नेपालको प्रतिनिधित्व गर्ने अवसरका अलवा द ब्रिटिस कलेजबाट अध्यानका लागि शतप्रतिशत छात्रवृत्ति, आयोजकका तर्फबाट नगद पुरस्कार एक लाख रुपैयाँ तथा विभिन्न उपहारसमेत प्राप्त गरेका छन् ।

त्यस्तै फस्ट रनरअप तथा सेकेन्ड रनरअपले ब्रिटिस कलेजबाट पचास प्रतिशत छात्रवृत्ति तथा सहभागीले पहिलो वर्ष अध्ययनका लागि पच्चीस प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन् । प्रतियोगिताको निर्णायकमा पूर्व मिस नेपाल उषा खड्गी, अभिनेता सलिनमान बनिया, सलोन बस्नेत, पूजा गिरी, दीपक घिमिरे, दिब्याप्रभा झा रहेका थिए । 

सम्बन्धित समाचार