२०८० आश्विन ७ गते , आईतबार

अमेरिकी आकाशमा ठोक्किए दुई विमान, तीन जनाको मृत्यु

sajilo news
एजेन्सी
२०७९ आश्विन २ गते , आईतबार
अमेरिकी आकाशमा ठोक्किए दुई विमान, तीन जनाको मृत्यु

संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा दुई वटा साना विमान आकाशमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ। शनिबार भएको उक्त दुर्घटनाको वोल्डर काउन्टी शेरिफको कार्यालयले पुष्टि गरेको छ। बेग्लाबेग्लै स्थानमा विमानका भग्नावशेष भेटिएका काउन्टी शेरिफको कार्यालयले बताएको छ। एउटा विमानमा दुई जना र अर्कोमा एक जनामात्र सवार थिए। युएस नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले दुर्घटनाको अनुसन्धान थालिएको जनाएको छ।

सम्बन्धित समाचार