२०८३ बैशाख ३ गते , विहीबार

पाकिस्तानले बंगलादेशको सहयोग नलिने घोषणा

sajilo news
एजेन्सी
२०७९ भाद्र ३१ गते , शुक्रबार
पाकिस्तानले बंगलादेशको सहयोग नलिने घोषणा

प्राकृतिक प्रकोपका कारण ठूलो क्षति भोगिरहेको पाकिस्तानले बंगलादेशको सहयोग अस्वीकार गरेको छ।  बंगलादेशको एक करोड ४० लाख टाका बराबरको सहयोग अस्वीकार गरेको हो।

बङ्लादेशका प्रधानमन्त्री शेख हसिनाले छिमेकी मुलुकको हैसियतले पाकिस्तालाई सहयोग गर्न लागेको घोषणा गरेकी थिइन्। तर पाकिस्तानले भने बङ्लादेशको सहयोग स्वीकार नगर्ने जवाफ दिएको छ। 

उसको सहयोग लिँदा विश्व समुदायमा आफ्नो छविमा नकारात्मक असर पर्ने पाकिस्तानको भनाइ छ।   बङ्लादेशको प्रकोप व्यवस्थापन तथा राहत मन्त्रालयले  बिस्कुट, केकलगायत खानेकुरा, पानी शुद्ध बनाउने ट्याबलेट, सलाइन, मच्छडदानी, ब्लांकेट र पाल पाकिस्तानलाई दिने निर्णय गरेको थियो।

पाकिस्तानको प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा आएको पछिल्लो बाढी पहिरोबाट कम्तीमा एक हजार ३०० भन्दा बढीको मृत्यु भएको छ । मृत्यु भएकामध्ये ४५० जना बालबालिका हुन् ।   प्राकृतिक प्रकोपमा परी तीन करोड ३० लाख नागरिक प्रत्यक्ष प्रभावित भएको पनि प्राधिकरणले जनाएको छ। 

सम्बन्धित समाचार