२०८३ बैशाख ३ गते , विहीबार

बाल दिवसको अवसरमा नगरस्तरीय फुटसल प्रतियोगिता सम्पन्न  

sajilo news
झापा
२०७९ भाद्र ३० गते , विहीबार
बाल दिवसको अवसरमा नगरस्तरीय फुटसल प्रतियोगिता सम्पन्न  

मेचीनगर । ५८औं राष्ट्रिय बाल दिवसको अवसरमा रोटरी क्लब अफ मेचीनगर र रोट्रयाक क्लब अफ मेचीनगरको आयोजनामा नगर स्तरीय फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

मेचीनगर नगरपालिकाका ८ वटा विद्यालयका टिम सहभागी रहेको उक्त प्रतियोगितामा धुलाबारी मावि प्रथम र इष्ट होराइजन बोर्डिङ स्कुलले दोस्रो स्थान हासिल गरेका थिए ।

फुटसल प्रतियोगिताको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर उपप्रमुख मिना पोखरेल उप्रेतीले गरेकी थिइन् । रोट्राक क्लब अफ मेचीनगरका अध्यक्ष विशाल कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम रोटरी क्लब अफ मेचीनगरका अध्यक्ष अनन्तप्रकाश बस्तीले बाल अधिकार र बाल दिवसको बारेमा आफ्नो धारण राखेका थिए । कार्यक्रममा मेचीनगर १० का वडाध्यक्ष नारायण खनाललगायतको आतिथ्य रहेको थियो । 

सम्बन्धित समाचार