२०८३ बैशाख २१ गते , सोमबार

सासूमाथि खुकुरी प्रहार गरेपछि...

sajilo news
झापा
२०७९ भाद्र १० गते , शुक्रबार
सासूमाथि खुकुरी प्रहार गरेपछि...

भोजपुरको सानोदुम्बा- ५ घर भई धरान- १३ बस्दै आएका ४१ वर्षीय राम बहादुर रम्तेलले आफैले आफ्नो घाँटीमा खुकुरी प्रहार गरी देहत्याग गरेका छन् ।

बिहीबार बेलुका रम्तेलले ७१ वर्षीया सासू नरमाया भुजेललाई अचानक टाउकोमा खुकुरी प्रहार गरी घाइते बनाएको र त्यसपछि आफैले आफ्नो घाँटीमा खुकुरी प्रहार गरेका थिए ।

 घटनाको खबर पाए लगतै इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोलीले घाइतेलाई उपचारको लागी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाएको थियो । रम्तेलको मृत्यु भइसकेको थियो, भने सासू नरमायाको उपचार भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार