२०८३ बैशाख १९ गते , शनिबार

हुण्डी कारोबारी ६९ लाख नगदसहित पक्राउ

sajilo news
झापा
२०७९ भाद्र २ गते , विहीबार
हुण्डी कारोबारी ६९ लाख नगदसहित पक्राउ

गैरकानुनी रुपमा हुण्डीमार्फत् वित्तीय कारोवार गर्ने माधव श्रेष्ठ पक्राउ परेका छन्। उनलाई ६० लाख नगदसहित काठमाडौं उपत्यका अपराध महाशाखाको टोलीले बुधबार पक्राउ गरेको हो।

मनमैजु घर भई घण्टाघरस्थित जामे मार्केटमा सटर भाडामा लिई श्रेष्ठले सन्जोग टुर्स एन्ड ट्राभल्स सञ्चालन गर्दै आएका छन्। प्रहरी टोलीले विशेष निगरानीमा उनको कार्यालयबाट ६० लाख नगद बरामद गरेको थियो।

त्यस्तै श्रेष्ठको कार्यालयमा हुन्डीका लागि भुक्तानी दिन आएका अंकित गोयनकाले सञ्चालन गरेको आनी इन्टरनेशनल नाम कार्यालयबाट प्रहरीले थप ९ लाख बरामद गरेको छ। फास्ट ट्र्याक इन्टरनेशनलको नाममा काटिएको सानिमा बैंकको १५ लाखको चेकसमेत प्रहरीले बरामद गरेको छ।

प्रहरीले बारा घर भई कुलेश्वर बस्दै आएका ३३ वर्षीय सुनिल कुमार शाह र धनुषा घर भई टेकु बस्ने अशोक गोयनकाका ३३ वर्षीय छोरा अंकित गोयनकालाई पक्राउ गरेको छ। उनीहरुमाथि आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। 

सम्बन्धित समाचार