२०८३ बैशाख १९ गते , शनिबार

अर्जुनधाराकी ७ वर्षीया बालिकालाई बलात्कारको प्रयास गर्ने किशोर पक्राउ

sajilo news
झापा
२०७९ श्रावण २७ गते , शुक्रबार
अर्जुनधाराकी ७ वर्षीया बालिकालाई बलात्कारको प्रयास गर्ने किशोर पक्राउ

शनिश्चरे । झापाको अर्जुनधारामा एक बालकमाथि करणी प्रयास गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । ७ वर्षीय बालकमाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा अर्जुनधारा- ७ का १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । हिजो ९शुक्रबार० दिउँसो अर्जुनधारा- ७ स्थित स्थानीय फूलमती खोलामा पौडी खेल्न गएका ७ वर्षीय बालकमाथि स्थानीय १६ वर्षीय किशोरले करणी प्रयास गरेको आरोप छ । पीडित बालकसहित अन्य २ जना पनि पौडी खेल्न गएका थिए ।

दिउँसोको घटनाबारे पीडितका साथीहरूले परिवारलाई सुनाएपछि घटना सार्वजनिक भएको हो । पीडित बालकका अभिभावकले प्रहरीलाई घटनाबारे खबर गरेपछि स्थानीय एक जना १६ वर्षीय किशोरलाई शुक्रबार राति पक्राउ गरी अनुसन्धान थालेको प्रहरी चौकी शनिश्चरेले जनाएको छ । अर्जुनधारा ७ निवासी आरोपित किशोर दुले चोरको रुपमा चिनिन्छन् ।

पक्राउ किशोर यसअघि स्थानीय मठमन्दिरको दानपेटिका फोर्ने, चढाइएका रकम निकाल्ने, गाउँघरमा ससाना सामान टिप्ने कार्यमा संलग्न भएको आरोपमा पटक पटक गाउँलेले पक्राउ गरिसकेका व्यक्ति हुन् ।

सम्बन्धित समाचार