२०८३ बैशाख २४ गते , विहीबार
थप ८६८ जनामा कोरोना, तीन जनाको मृत्यु
देशभर ६७०५ नमूना परीक्षण गर्दा ८६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३६१४ नमूनाको पीसीआर र ३०९१ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट ४९६ र एन्टिजेन विधिबाट ३७२ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।
सोही समयमा कोरोनाबाट थप ३ जनाले ज्यान गुमाएका छन्। मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ५८८५ रहेको छ। पछिल्लो २४ घन्टामा १ लाख ३८ हजार ८४० जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयको भनाइ छ।