२०८३ बैशाख १९ गते , शनिबार
झापामा १४ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ
झापामा १४ वर्षीया एक बालिका बलात्कृत भएकी छन्। ती बालिकालाई बलात्कार गरेको अभियोगामा प्रहरीले ताप्लेजुङ फुङलिङ नगरपालिका-९ बस्ने २० वर्षीय दीपेश बिकलाई पक्राउ गरेको छ । अर्जुनधारा नगरपालिका- ११ नयाँ बसपार्कस्थित ताप्लेजुङ पाँचथर होटेल एन्ड लजमा साउन १८ गते राति दीपेशले ती बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कार गरेपछि दीपेशले ती बालिकालाई विवाह गर्छु भनी आफ्नै घरमा लगेर राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरीले उनलाई मङ्गलवार पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।