२०८३ बैशाख ३ गते , विहीबार

देशभर थप ५५३ जना कोरोना संक्रमण

sajilo news
झापा
२०७९ श्रावण २२ गते , आईतबार
देशभर थप ५५३ जना कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर थप ५५३ जना कोरोना संक्रमित थपिएका छन् । ३ हजार ७८९ जनाको नमुना परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर विधिबाट भएको परीक्षणमा ४५१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १०२ जनामा संक्रमण पुष्टि भएको छ।
सोही अवधिमा ४३३ जना निको भएको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमित ५ हजार ६५९ जना सक्रिय संक्रमित रहेका छन् ।
 

सम्बन्धित समाचार