२०८१ बैशाख ४ गते , मंगलबार

भारतमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्दै

sajilo news
झापा
२०७९ श्रावण १५ गते , आईतबार
भारतमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्दै

भारतमा एकै दिन २० हजार भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २० हजार ४ सय ८ जना नयाँ संक्रमित थपिएको भारतीय स्वास्थ्य मन्त्रालयको जनाएको छ । सोही अवधिमा एकै दिनमा कोरोनाका कारण ४४ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म ४ करोड ४० लाख १ सय ३८ जना कोरोना भाइरसबाट संक्रमित भएको छ ।

जसमध्ये १ लाख ४३ हजार ३ सय ८४ जना अहिले पनि संक्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। पछिल्लो समय भारतमा दैनिक रुपमा नयाँ संक्रमितहरूको संख्या र सक्रिय संक्रमितहरूको संख्या बढ्दै गइरहेको छ । भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरूको संख्या ५ लाख २६ हजार ३ सय १२ पुगेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार