२०८१ आश्विन १७ गते , विहीबार
हल्दीबारीमा १२ वर्षीया बालिका बलात्कृत, एक आरोपी पक्राउ
झापाको हल्दिवारीमा १२ वर्षीया बालिकालाई बलात्कृत भएकी छिन् । बालिकाले छिमेकीबाटै बलात्कृत भएको बताएपछि परिवारजनले सोमबार जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दिएको छ ।
प्रहरीले सोही उजुरीको आधारमा ती आरोपीलाई पक्राउ गरेको हो । उनलाई प्रहरीले सोमबार दिउँसो हल्दिबारीबाटै पक्राउ गरेको हो । पक्राउ पर्ने व्यक्ति चालक हुन् । प्राप्त सूचना अनुसार बालिकाको पेटमा २८ हप्ताको गर्भ रहेको छ । बालिकाको सुरक्षित गर्भपतनसहित उद्धारको काम मङ्गलवार हुने जनाइएको छ ।