२०८३ बैशाख २ गते , बुधबार

मालपोत कार्यालय भद्रपुरले उठायो ८३ करोड २८ लाख राजश्व

sajilo news
रेवतीराज घिमिरे
२०७९ श्रावण ८ गते , आईतबार
मालपोत कार्यालय भद्रपुरले उठायो ८३ करोड २८ लाख राजश्व

भद्रपुर । झापाको भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले गत आर्थिक वर्ष २०७८/७९ मा ८३  करोड  २८  लाख  ९  हजार ८ सय ३१ रुपैयाँ राजश्व सङ्कलन गरेको छ । 
कार्यालयले एक वर्ष अवधिमा झापाका १५ वटा पालिकामध्ये १० वटा पालिकाबाट विभिन्न शीर्षकमा सो राजश्व सङ्कलन गरेको हो । 
कार्यालयले पुँजीगत लाभकर शीर्षकबाट २३ करोड ४१ लाख ७३ हजार २ सय ३५ , अग्रिम कर, १० करोड ८४ लाख  ४ हजार ७८, डोर शीर्षक बापत ४ लाख २५ हजारसहित  उल्लेखित शीर्षकहरूबाट राजश्व उठाएको हो  । 
सो आर्थिक वर्षमा ५१ हजार १ सय ९६ वटा लिखद दर्ताबाट  सो सङ्ख्या बराबरको राजश्व सङ्कलन गरेको कार्यालयका प्रमुख योगेन्द्र दुलालले बताए । आर्थिक वर्ष ०७७/०७८मा ७९ करोड, २६ लाख, २७ हजार ५ सय ९६ रुपैयाँ राजश्व जम्मा भएको दुलालको भनाई छ । 
कोरोना कहर कम भएसँगै अघिल्लो आर्थिक वर्षको भन्दा यस आ।वमा राजश्व सङ्कलनमा ६।७१ प्रतिशत वृद्धि भएको मालपोत अधिकृत  ज्ञानेन्द्रबहादुर  भण्डारीले बताए । 
मेचीनगर, भद्रपुर, कचनकवल, बिर्तामोड,  हल्दीवारी, बाह्रदशी,  झापा, अर्जुनधारा, कनकाई र बुद्धशान्तिसहितका १० वटा स्थानीय तहका जग्गाको किनबेच लगायतका सम्पूर्ण कारोबारहरू गर्ने यस कार्यालयले सबैभन्दा बढी बिर्तामोड नगरपालिकाबाट २० करोड ४५ लाख ५९ हजार ४ सय ९५ रुपैयाँ र सबै भन्दा कम झापा गाँउपालिकाबाट ७३ लाख ३३ हजार ७ सय ३४ रुपैयाँ राजश्व सङ्कलन गरेको कार्यालयले जनाएको छ । 

सम्बन्धित समाचार