२०८१ आश्विन १७ गते , विहीबार

कुटपिट गरी श्रीमतीको हत्या

sajilo news
रासस
२०७९ श्रावण ७ गते , शनिबार
कुटपिट गरी श्रीमतीको हत्या

ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा श्रीमानले आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् ।  फुङ्लिङ नगरपालिका–९ हाङ्देवा गाइगुडेका ५६ वर्षीय बलबहादुर साँबाले आफ्नी श्रीमती ५४ वर्षीया कान्छीमाया लिम्बूको हत्या गरेका हुन् ।

प्रहरीका अनुसार शुक्रबार ९आज० करिव ५ बजेतिर साँबाले कुटपिट गरी श्रीमतीको हत्या गरेका हुन् ।  जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार घरायसी विवाद हुँदा साँबाले श्रीमतीमाथि अन्धाधुन्द कुटपिट गरेका थिए । कुटपिटकै क्रममा कान्छीमायाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो । 

प्रहरी निरीक्षक कार्कीकै नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर घटनाको मुचुल्का ९विवरण० सङ्कलन गरी सव उठाएर सदरमुकाम फुङ्लिङ ल्याइएको छ । 

शुक्रबार राति करिव ८स्३० बजे सव सदरमुकाम ल्याई पुराएर जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । यता घटनामा संलग्न साँबालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । सवको पोष्टमार्टमलगायत घटनाको थप अनुसन्धान शनिबारदेखि सुरु हुने पनि प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार