२०८१ आश्विन १७ गते , विहीबार
बहुविवाह मुद्दाका एक फरार प्रतिवादी पक्राउ
बहुविवाह मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका- ९ बस्ने ३४ वर्षीय अम्बरबहादुर पौडेल रहेका छन् । झापा जिल्ला अदालतको २०७६ मङ्सिर १९ गतेको फैसला बमोजिम बहु–विवाह मुद्दामा उनलाई १ वर्ष ६ महिना ६ दिन कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
फरार रहेका पौडेललाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो । उनलाई शुक्रबार झापा जिल्ला अदालतमा उपस्थित गराइएको र अदालतको आदेशले कारागार पठाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।