२०८३ बैशाख १९ गते , शनिबार

मिर्गौला बेचबिखन कार्यमा संलग्न भद्रपुरका एकसहित पाँच जना पक्राउ

sajilo news
झापा
२०७९ श्रावण १ गते , आईतबार
मिर्गौला बेचबिखन कार्यमा संलग्न भद्रपुरका एकसहित पाँच जना पक्राउ

मिर्गौला बेचबिखनको कार्यमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेहरूमा रामेछाप मन्थली नगरपालिका ५ घर भई भक्तपुरको ठिमी नगरपालिका-५ बस्ने २८ वर्षीय धनबहादुर रोका, गुल्मीको तम्घास नगरपालिका-२ घर भई काठमाडौँ महानगरपालिका-७ गौशालामा बस्ने ३१ वर्षीय विजय कुँवर, दैलेखको चामुण्डा बिन्द्रासयनी नगरपालिका-६ घर भई काठमाडौँस्थित कालो पुल बस्ने २८ वर्षीय धुपेन्द्र शाही। दैलेखको चामुण्डा बिन्द्रासयनी नगरपालिका-६ घर भई काठमाडौँ महानगरपालिका-७ चाबहिल बस्ने ३२ वर्षीय विमलबहादुर शाही र झापाको भद्रपुर नगरपालिका-१ घर भई भक्तपुरको ठिमी नगरपालिका-५ बस्ने २१ वर्षीय आशिष् तामाङ रहेका छन्।   

काठमाडौँको सडक पेटीमा आश्रित व्यक्तिहरूसँग चिनजान गराएर मानिसको २ वटा मिर्गौला हुन्छ एउटा मिर्गौला बेच्दा कुनै असर पर्दैन र भारतको कोलकत्तामा बेच्दा ५ लाख रुपैयाँ कमाइ हुने आसा देखाएर भारतको कोलकत्ता लैजाने तयारी भएको बेलामा उनीहरू पक्राउ परेका थिए।  पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार कारबाही हुने प्रहरीले जनाएको छ।   

सम्बन्धित समाचार