२०८३ बैशाख १९ गते , शनिबार

मोटरसाइकल चोर्ने चार जना पक्राउ

sajilo news
झापा
२०७९ असार ३२ गते , शनिबार
मोटरसाइकल चोर्ने चार जना पक्राउ

मोरङको विराटनगर महानगरपालिका क्षेत्रभित्रमा विभिन्न मितिमा मोटरसाइकल चोरी गर्ने चार जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका- ४ स्थित सामुदायिक मेडिकल हल अगाडी तथा सोही वडामा रहेको नोबेल अस्पताल कम्पाउन्ड भित्र पार्किङ गरी राखेको तीन वटा मोटरसाइकल चोरीमा संलग्न चार जनालाई मोरङ प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका- ४ बस्ने २२ वर्षीय नवीन माझी, सोही महानगरपालिका- ८ बस्ने २५ वर्षीय मोहम्मद हजरत, सुनसरी दुहबी- ९ बस्ने १८ वर्षीय मोहम्मद सलाउदिन, सोही ठाउँ बस्ने ३४ वर्षीय मोहम्मद नसुरदिन रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरी उनीहरूको साथबाट को ६ प ६८०२ नम्बरको डिस्कभर मोटरसाइकल, प्र १ -०१०-१३ प ४५०७ नम्बर १५० सिसीको पल्सर मोटरसाइकल र नम्बर नखुलेको १५० सिसीको पल्सर मोटरसाइकल बरामद गरेको छ । पक्राउ परेका ४ जनालाई मोरङ जिल्ला अदालतबाट चोरी कसुरमा दिन ५ म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार