२०८३ बैशाख १९ गते , शनिबार
बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैङ्किङ कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका- ६ का ४७ वर्षीय टेकनाथ ढुङ्गाना रहेका छन् ।
उच्च अदालत विराटनगर इलाम इजलासको २०७८ चैत १६ गतेको फैसला बमोजिम बैङ्किङ कसुर मुद्दामा उनलाई १ महिना कैद र २८ लाख२२ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
फरार रहेका ढुङ्गानालाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।