२०८३ बैशाख १९ गते , शनिबार
बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ
झापामा बहुविवाह मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका ८ घर भई हाल मोरङ उर्लाबारी ५ बस्ने ४६ वर्षीय जीवनाथ भन्ने जीवननाथ कोइराला रहेका छन् ।
झापा जिल्ला अदालतको २०६९ असोज २२ गतेको फैसला बमोजिम बहुविवाह मुद्दामा उनलाई १ बर्ष कैद र ५ हजार जरिवाना तोकिएको थियो ।
\फरार रहेका कोइरालालाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशले कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।