२०८३ बैशाख १९ गते , शनिबार

भद्रपुरमा तीन वटा खसी चोर्ने दुई जना पक्राउ

sajilo news
झापा
२०७९ असार ३० गते , विहीबार
भद्रपुरमा तीन वटा खसी चोर्ने दुई जना पक्राउ

भद्रपुर । भद्रपुरमा चोरी घटना अझै रोकिएको छैन । भद्रपुर बजारमा पसलको सटर फुटाएर चोरी गर्ने दुई युवक पक्राउ परेको घटना सेलाउन नपाउँदै खसी चोरेको आरोपमा फेरि दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाँचथर जिल्ला होडा घर भई हाल भद्रपुर- १० बस्ने देवे विकको २१ वर्षीय छोरा मनकुमार विक र सङ्खुवासभा जिल्ला पाँचखपन १ स्याबुन घर भई हाल भद्रपुर- १० सुकुम्वासी टोल बस्ने मानबहादुर शेर्पाको २० वर्षीय छोरा पासा शेर्पा रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरूले भद्रपुर- ७ आनन्दमार्ग बस्ने महेशप्रसाद घिमिरेको घरबाट तीन वटा खसी चोरेका थिए । खसी चोरेर लैजाँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय भद्रपुरबाट गस्ती टोलीले  बिहीबार बिहान डेढ बजे भद्रपुर- ६ स्थित भानु चोकबाट पक्राउ गरेको हो । पक्राउ परेका दुई जनालाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापा पठाइएको छ ।  

सम्बन्धित समाचार