२०८३ बैशाख १९ गते , शनिबार

१६ वर्षीय किशोरलाई छुरा प्रहार गरी हत्या गर्ने पक्राउ

sajilo news
सुनसरी
२०७९ असार २८ गते , मंगलबार
१६ वर्षीय किशोरलाई छुरा प्रहार गरी हत्या गर्ने पक्राउ

सुनसरीको रामधुनी नगरपालिका ६ सुवानाका १६ वर्षीय किशोरलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा स्थानीय १७ वर्षीय एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

मङ्गलवार बिहान सवा ७ बजेको समयमा घरैमा सुतिरहेका चन्द्र सदाको १६ वर्षीय छोरा विवेक सदालाई १७ वर्षीय किशोरले पेटमा छुरा प्रहार गरेका थिए ।

छुरा प्रहारबाट घाइते भएका विवेकलाई इलाका प्रहरी कार्यालय पकलीको प्रहरी टोलीले उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र उनको उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको थियो । घटनामा संलग्न रहेका किशोरलाई छुरासहित पक्राउ गरी इलाका प्रहरी कार्यालय पकलीमा राखिएको छ ।

सम्बन्धित समाचार