२०८३ बैशाख १९ गते , शनिबार

धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या

sajilo news
झापा
२०७९ असार २७ गते , सोमबार
धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या

सोलुखुम्बुमा एक पुरुषको धारिलो हतियार प्रहारबाट मुत्यु भएको छ।   जिल्लाको सोलु दुधकुण्ड नगरपालिका –५ का ५९ वर्षीय सुब्बा कामीको धरिलो हतियार प्रहारबाट मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

आइतबार बिहान घरायसी विवाद हुँदा पत्नीले प्रहार गरेको हतियारबाट पतिको मुत्यु भएको हो। पतिको टाउको खुट्टा लगायतका ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ। 

हत्या आरोपमा ५५ वर्षीया पत्नी बुधामाया कामीलाई नियन्त्रणमा लिएको दिए। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुको शवगृहमा राखिएको छ। 

सम्बन्धित समाचार