२०८३ बैशाख १९ गते , शनिबार
मेची पुलबाट ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
मेची पुलबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । मेचीनगर- ६ स्थित मेची पुलबाट ६ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका भारत मिरिकका २७ वर्षीय अनुप प्रधानलाई चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।