२०८३ बैशाख १९ गते , शनिबार

बिर्तामोडको होटेलमा प्रहरीको छापा, यौनधन्दामा संलग्न ९ जना पक्राउ

sajilo news
झापा
२०७९ असार २५ गते , शनिबार
बिर्तामोडको होटेलमा प्रहरीको छापा, यौनधन्दामा संलग्न ९ जना पक्राउ

झापा प्रहरीले लामो समयपछि यौनधन्दा सञ्चालन गर्ने होटेलहरूमा छापा मारेको छ । प्रहरीले छापा मारेर ९ जनालाई पक्राउ गरेको छ ।  बिर्तामोड नगरपालिका–१ स्थित पश्चिम स्टेसनका विभिन्न होटेलहरूमा दिउँसै यौन धन्दा हुने गरेको जनगुनासो बढेपछि इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएका प्रहरी टोलीले शनिवार छापा मारेको हो । 

प्रहरीले अदुवा खोला नजिकको एभरेस्ट होटेलबाट सात जना र सूर्योदय टोलस्थित एक घरबाट दुई जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ । पक्राउ परेकाहरू यौन धन्दामा संलग्न रहेको जनाइएको छ ।

पक्राउ पर्नेमध्ये एक जना बिरामी रहेकोले उसको हेरचाहका लागि अर्का एक जना गरी दुई जनालाई अस्पताल पठाइएको डिएसपी रूगमबहादुर कुबरले जानकारी दिए । बाँकी सात जनालाई म्याद थपका लागि झापा जिल्ला अदालत लगिने उनले बताए ।   पक्राउमा पर्ने युवतीहरू २० देखि ३० वर्षका रहेका र उनीहरू बिर्तामोड, भद्रपुर र हल्दीवारीका रहेको प्रहरीले जनाएको छ । 

राजमार्ग आसपासका होटेलहरूमा खुलेआम यौ धन्दा सञ्चालन हुँदा समेत प्रहरी, प्रशासन मौन बसेका थिए । स्थानीयको गुनासो पछि प्रहरी बल्ल एक्सनमा उत्रिएको स्थानीयको भनाई छ । यौन धन्दा सञ्चालन गर्ने साना होटेलमा प्रहरीले छापा मारेर काम देखाए पनि ठुला तथा नाम चलेका होटेलहरूमा भने प्रहरीले अहिलेसम्म छापा मार्न नसकेको गुनासो पनि स्थानीयले गरेका छन् । 

सम्बन्धित समाचार