२०८३ बैशाख १९ गते , शनिबार

मेचीनगरमा ब्राउनसुगर र गाँजासहित तीन जना पक्राउ 

sajilo news
झापा
२०७९ असार २५ गते , शनिबार
मेचीनगरमा ब्राउनसुगर र गाँजासहित तीन जना पक्राउ 

झापाको मेचीनगरमा लागु औषध ब्राउन सुगर र गाँजासहित तीन जना पक्राउ परेका छन् । प्रहरीका अनुसार मेचीनगर- ६ काँकडभिट्टास्थित मेची पुलबाट सोही नगरपालिका- ७ नयाँ बसपार्क निवासी २२ वर्षीया रोजिना आले खड्का ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । 

शुक्रबार बेलुका साढे ७ बजे लागु औषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेकी खड्कालाई २ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । त्यस्तै मेचीनगर नगरपालिका- १ ज्योति टोल बस्ने ४४ वर्षीय पदम बहादुर दर्जी र २३ वर्षीय चरण लामिछाने गाँजासहित पक्राउ परेका छन् । 

शुक्रबार राती साढे ८ बजे प्रहरी चौकी तिरिङ खोलाबाट खटिएको प्रहरी टोलीले दर्जीको घरबाट ३ केजी गाँजा र गाँजा कारोबार गर्न आएका लामिछानेलाई पक्राउ गरेको हो । पक्राउ परेका तीन जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान अघि बढाएको छ ।

सम्बन्धित समाचार