२०८३ बैशाख १९ गते , शनिबार

झापाको धुलाबारी बजारमा सुनको सिक्री लुट्ने एक जना पक्राउ

sajilo news
झापा
२०७९ असार २५ गते , शनिबार
झापाको धुलाबारी बजारमा सुनको सिक्री लुट्ने एक जना पक्राउ

झापाको धुलाबारी बजारमा सुनको सिक्री लुट्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जिल्ला जितपुर नगरपालिका- ९ निवासी २० वर्षीय नीरज राय रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार मेचीनगर- १० स्थित धुलाबारी बजारमा मेचीनगर- ९ की ५० वर्षीया गीता अधिकारी शुक्रबार बेलुका साढे ६ बजे किनमेलका बजार गएकी थिइन् ।

सोही बेला गीताले घाँटीमा लगाएको  डेढ तोलाको सुनको सिक्री लुटेर भाग्न खोज्दा स्थानीयको सहयोगमा रायलाई प्रहरीले पक्राउ गरेको हो । यता पक्राउ परेका रायलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको जनाइएको छ । 

सम्बन्धित समाचार