२०८३ बैशाख १९ गते , शनिबार
झापामा ब्राउन सुगरसहित दुई जना पक्राउ
झापा गाउँपालिकामा लागु औषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाउँपालिका- ३ का २२ वर्षीय फरमान अलि र सोही गाउँपालिका- ४ का ३२ वर्षीय मनोज गणेश रहेका छन ।
इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो चेकजाँचको क्रममा उनीहरूलाई १३ ग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थानसहित पक्राउ गरेको हो । ब्राउन सुगरसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।