२०८३ बैशाख १९ गते , शनिबार
मेची पुलमा ब्राउन सुगरसहित एक जना पक्राउ
मेची पुलमा प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मङ्गलवार दिउँसो मेचीनगर नगरपालिका- ६ काँकडभिट्टास्थित मेची पुलमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका मोरङ पथरीशनिश्चरे २ बस्ने २२ वर्षीय मिलन दर्जीलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट ९ ग्राम ब्राउन सुगर फेला परेको थियो । यता पक्राउ परेका दर्जीलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।