२०८३ बैशाख १९ गते , शनिबार

लागुऔषध ट्याब्लेटसहित दुईजना पक्राउ

sajilo news
मोरङ
२०७९ असार २१ गते , मंगलबार
लागुऔषध ट्याब्लेटसहित दुईजना पक्राउ

मोरङको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागु औषध ट्याब्लेटसहित दुई जना पक्राउ परेका छन् ।  इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेका पथरी शनिश्चरे नगरपालिका १ का ४४ वर्षीय भानु याङदेनलाई सोमबार दिउँसो लागु औषध सहित पक्राउ गरेको हो । याङदेनको साथबाट प्रहरीले लुपिजेसिक ७० एम्पुल, फेनारगन ६० एम्पुल, डाईजोपाम ७० एम्पुल र एभिल ७० एम्पुल बरामद गरेको हो ।

त्यस्तै लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले धरान – ११ का ३८ वर्षीय राजु घिमिरेलाई लागु औषध ट्याब्लेट सहित पक्राउ गरेको छ । घिमिरेको साथबाट प्रहरीले लुपिजेशिक २० एम्पुल, एभिल २० एम्पुल, डाईजेल्याब २० एम्पुल र फेनरागन २० एम्पुल बरामद गरेको थियो ।  यता लागु औषध सहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार