२०८२ बैशाख ५ गते , शुक्रबार
अर्थ मन्त्रालयको सिसिटिभी फुटेज गायब

अर्थ मन्त्रालयले बजेट भाषणभन्दा अघिल्लो रातिको सिसिटिभी फुटेज गायब गरेको छ। उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव जयप्रसाद पौडेलले सूचनाको हक प्रयोग गरी मागेको प्रश्नको जवाफ दिने क्रममा मन्त्रालयले सिसिटिभी फुटेज सुरक्षित नरहेको जवाफ दिएको हो।
मन्त्रालयले भनेको छ‚ ‘मन्त्रालयमा जडान भएको सिसिटिभी फुटेजको क्षमता र जडान भएको क्यामेराको आधारमा बढीमा १३ दिनसम्मको मात्र फुटेज अभिलेखमा रहन्छ, त्यसपछि पहिलेको अभिलेख क्रमशः मेटिँदै जान्छ।’
बजेट फाइनल गर्ने रात अनधिकृत व्यक्ति मन्त्रालयमा प्रवेश गरेर करका दर हेरफेर गरेको सन्दर्भमा प्रतिपक्षी दल लगायतले विरोध गरिरहेका वेला पौडेलले सूचना मागेका थिए। एमालेले करका दर हेरफेर गरेर आर्थिक अपचलन गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै आएको छ। थाहाखबरबाट