२०८३ बैशाख १९ गते , शनिबार
डर, धाकधम्की देखाएर रकम असुल्ने दुईजना पक्राउ
डर, धाकधम्की देखाएर रकम असुल्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे घर भई विराटनगर महानगरपालिका- ४ कन्चनवारि बस्दै आएका ३९ वर्षीय गणेश कुमार कार्की र पथरीशनिश्चरे- ६ का २६ वर्षीय विशाल ऋषिदेव रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनीहरूले विराटनगर ३ का मुकेश शर्मालाई पटक पटक फोनबाट डर धम्की देखाई रकम माग गर्दै आइरहेका थिए । असार १७ गते शुक्रवार शर्माले मोरङको पथरीशनिश्चरे- ६ हसन्दह स्थित रहेको आइएमईमा उनीहरूलाई रकम पठाएको भन्ने जानकारी पाए लगतै खटिएको प्रहरी टोलीले नगद रकम २५ हजारसहित ऋषिदेवलाई पक्राउ गरेको हो । ऋषिदेव पक्राउ परे सँगै संलग्न कार्कीलाई समेत पक्राउ गरिएको छ । यता पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।