२०८३ बैशाख १९ गते , शनिबार

झापाको अर्जुनधारामा बोराभित्र फेला परेको शव भारतीय नागरिक भएको खुलासा, हत्यामा संलग्न तीनजना पक्राउ

sajilo news
झापा
२०७९ असार १९ गते , आईतबार
झापाको अर्जुनधारामा बोराभित्र फेला परेको शव भारतीय नागरिक भएको खुलासा, हत्यामा संलग्न तीनजना पक्राउ

झापाको अर्जुनधारामा बोराभित्र फेला परेको पुरुषको शव भारतीय नागरिक भएको खुलेको छ । उनको हत्या गरी बोराभित्र हालेर फ्याँकिएको अवस्थामा फेला परेको प्रहरी कार्यालय झापाले जनाएको छ । उनको हत्यामा संलग्न तीन जना पक्राउ परेका छन् ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाले आज दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय अनारमनिमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिँदैछ ।  प्रहरीले घटनाको बारेमा विस्तृत जानकारी पत्रकार सम्मेलनमा जानकारी गराउने  छ । असार १२ गते आइतबार साँझ अर्जुनधारा नगरपालिका–४ स्थित ह्युम पाइपभित्र बोरामा पोको पारेर फ्याँकिएको अवस्थामा अन्दाजी ३५–४५ उमेर भएका पुरुषको शव फेला परेको थियो । 

स्थानीयले बोराबाट गन्ध आइरहेको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । शवको दुवै कुममा आरएन शब्द भएको ट्याटु खोपिएको, शरीरभरि बाक्लो रौँ भएको र फ्रेन्च कट दाह्री भएकोको आधारमा शवको पहिचान गरी प्रहरीले तत्काल अनुसन्धान सुरु गरेका थिए । अनुसन्धानको क्रममा प्रहरीले घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न सफल भएको हो  ।

सम्बन्धित समाचार