२०८१ मंसीर २० गते , विहीबार
हल्दिबारीका विद्यालय अनिश्चितकालका लागि बन्द
झापा हल्दिबारी गाउँपालिकाको विद्यालय अनिश्चितकालीनका लागि बन्द गरिएको छ । गाउँपालिकाले मङ्गलवार एक सूचना जारी गर्दै अविरल वर्षाका कारण गाउँपालिकाभित्रका अधिकांश पुल-पुलेसा तथा बाटोघाटो डुबानमा परी आवतजावत गर्न असहज भएकोले पालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा निजी विद्यालय अर्को सूचना जारी नभएसम्म बन्द राख्ने निर्णय गरेको छ ।
अविरल वर्षाबाट उत्पन्न हुने सक्ने सम्भावित जोखिमप्रति सुरक्षित रहन गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङदेनले जारी गरेको सूचनामा उल्लेख छ ।