२०८२ बैशाख ९ गते , मंगलबार

जनरल इन्स्योरेन्सले दियो मनषा थाइफुड्सलाई ५ करोड ५० लाखको चेक

sajilo news
झापा
२०७९ असार १३ गते , सोमबार
जनरल इन्स्योरेन्सले दियो मनषा थाइफुड्सलाई ५ करोड ५० लाखको चेक

पाँच महिना अघि आगलागी भएर ध्वस्त भएको झापाको मनषा थाइफुड्स (मगमग चाउचाउ) उद्योगलाई जनरल इन्स्योरेन्स कम्पनीले बिमा रकम हस्तान्तरण गरेको छ।

कम्पनीका बिर्तामोडका मेनेजर द्रोणराज भट्टराई (राजेश)ले पाँच करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । उद्योगका सञ्चालक ओमप्रकाश अग्रवाललाई बिमा बापत पहिलो पटकको रकम हस्तान्तरण गरिएको जनरल इन्स्योरेन्स बिर्तामोडका मेनेजर द्रोणराज भट्टराईले जानकारी दिए । 

अहिले हस्तान्तरण गरिएको रकम क्षतिपूर्तिको पेस्की बापतको भएको उनको भनाई ।   मेचीनगर नगरपालिका १४ दुवागढीस्थित मगमग चाउचाउ उद्योगमा २०७८ माघ २९ गते आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको थियो। आगलागीबाट  ४३ करोड २५ लाखको क्षति भएको दाबी गरिएको छ। 

सम्बन्धित समाचार