पिक ब्रान्डका सामग्री अब झापाको बिर्तामोडमा
विश्व प्रसिद्ध चाइनिज कम्पनी पिक ब्रान्डका सामग्री अब झापाको बिर्तामोडमा पाइने भएको छ । झापाको बिर्तामोडस्थित हनुमान सेन्ट्रलमा बिर्तामोडका व्यवसायी दिनेश पाठक र एजीला पाठकले पिक ब्रान्डको सोरुम सञ्चालनमा ल्याएसँगै पिक ब्रान्डका सामग्री बिर्तामोडमै पाइने भएको हो ।
पिक ब्रान्डको सोरुमको उद्घाटन पाठकका मातापिता शिवप्रसाद पाठक र विष्णुमाया पाठकले गरेका थिए । उद्घाटनमा सहभागी बिर्तामोड –५ का वडाध्यक्ष रोहित प्रसाईँ, व्यवसायी दीपेश पाठक, शुभकुमाई पाठक ,नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा झापा अध्यक्ष ओमकृष्ण विमली , नेपाल चेम्बर अफ कमर्सका प्रदेश उपाध्यक्ष सन्तोष अग्रवाल, नेपाल उद्यमशील महिला सङ्घकी अध्यक्ष पार्वता खरेल विमली, व्यवसायी राजकुमार गुप्ता , दीपेन्द्र राउत ,मनोज प्रसाईँ, शेखर ढकाल , मनोज उप्रेती, विष्णु उप्रेती, प्रज्जवल विमली, ज्ञानेन्द्र विमली ,डा. लक्ष्मीप्रसाद मैनाली, लगायतले चाइनिज कम्पनी पिक ब्रान्डका सामग्री पिक ब्रान्डको सोरुममा नै उपलब्ध गराएकोमा खुसी व्यक्त गरे । पिक ब्रान्डका स्पोटर्स आइटम बिर्तामोडबाटै उपलब्ध हुने र ती सामग्री टिकाउ हुनुका साथै मूल्य पनि सस्तो हुने व्यवसायी दिनेश पाठकले बताए ।