रोङ गाउँपालिकाको बजेट ४५ करोड ७३ लाख ७७ हजार
इलामको रोङ गाउँपालिकाले ४५ करोड ७३ लाख ७७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १३ औ गाउँ सभामा उपाध्यक्ष विष्णुमाया खवासले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ३३ करोड ९३ लाख ८४ हजार अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तरगत आम्दानी हुने देखाइएको छ ।
त्यसैगरी राजस्व बाडफाड तर्फ८ करोड उनन्चालिस लाख ९३ हजार र आन्तरिक आम्दानी बाट ३ करोड ४० लाख जम्मा हुने तथ्याङ्क प्रस्तुत गरिएको छ । त्यसैगरी चालु खर्च तर्फ ७ करोड २७ लाख ७७ हजार २२० रुपैयाँ सशर्त खर्च तर्फ २० करोड ९६ लाख ८९ हजार रुपैयाँ र पूजीगत खर्च तर्फ १७ करोड४९ लाख १० हजार ७ सय ८० रुपैयाँ खर्च हुने अनुमान प्रस्तुत गरिएको छ ।
बजेटले गुन्द्रुक सिन्की जस्ता स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने, एक गाउँ एक नर्सरी, पुत्का संरक्षण जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । गाउँपालिका अध्यक्ष मणिकुमार स्याङबोको अध्यक्षतामा गाउँ सभा भएको थियो । गाउँ सभाको अर्को बैठक शनिवार बिहान ९ बजे बस्ने कार्यक्रम रहेको छ ।a