२०८२ पौष ३० गते , बुधबार

मेचीनगरको बजेट १ अर्ब ३२ करोड ३३ लाख

sajilo news
झापा
२०७९ असार १० गते , शुक्रबार
मेचीनगरको बजेट १ अर्ब ३२ करोड ३३ लाख

मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

शुक्रबार धुलाबारीस्थित पासाङल्यामु टाउन हलमा आयोजित मेचीनगर नगरपालिकाको दोस्रो नगर सभा तथा प्रथम बैठकमा उपप्रमुख मिना पोखरेल उप्रेतीले १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँको बजेट प्रस्तुत गरेकी थिइन् ।

प्रस्तुत गरेको बजेट मध्ये चालूतर्फ ६२ करोड २३ लाख, पुँजीगत खर्चतर्फ ७० करोड ४० लाख ४० हजार १६ रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा नगर स्तरीय, वडा स्तरीय, सङ्घबाट वित्तीय हस्तान्तरण मार्फत विषयगत सशर्त अनुदान, प्रदेश वित्तीय हस्तान्तरण मार्फत विषयगत सशर्त अनुदान, ऋणको सावा व्याज भुक्तानी र समपूरक कोषको शीर्षकमा रकम छुटाइएको छ ।

१५ वटा वडाहरूमा वडा स्तरीय आयोजनाका लागि १५ करोड र मसलन्द खर्च बापत ७७ लाख, नगर स्तरीय आयोजनाका लागि प्रशासनिक खर्च बापत २१ करोड विनियोजन गरिएको छ ।

मेचीनगरले सङ्घबाट अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ ४० करोड ४६ लाख, प्रदेश सरकारबाट पुँजीगत खर्चबाट ११ करोड १२ लाख ३ हजार रुपैयाँ, ऋण सावा व्याज भुक्तानीतर्फ ६ लाख र समपूरक कोषमा ५ करोड छुटाइएको छ ।शुक्रबार सुरु भएको नगर सभा असार १७ गते समापन हुने जनाएको छ ।

सम्बन्धित समाचार