२०८१ मंसीर २० गते , विहीबार

महालक्ष्मी बैङ्कद्वारा अनारमनि क्याम्पसलाई पुस्तक वितरण

sajilo news
झापा
२०७९ असार ३ गते , शुक्रबार
महालक्ष्मी बैङ्कद्वारा अनारमनि क्याम्पसलाई पुस्तक वितरण

बिर्तामोड । महालक्ष्मी विकास बैङ्क लिमिटेड बिर्तामोड शाखाले बिर्तामोड ३ स्थित बिर्ताबजारमा रहेको अनारमनि पब्लिक क्याम्पसलाई पुस्तक वितरण  गरेको छ । 

 बैङ्कको २८ औं वार्षिकोत्सवको अवसर पारेर महालक्ष्मी विकास बैङ्क लिमिटेड बिर्तामोड शाखाले अनारमनि पब्लिक क्याम्पसलाई पुस्तक वितरण गरेको  बिर्तामोड शाखा प्रमुख भरतप्रसाद खतिवडाले जानकारी दिए । 

‘सबल बैङ्क, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै बैङ्कले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम सञ्चालन गर्दै आइरहेकोमा बिर्तामोड शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम गरेको उनले बताए । उनले आगामी दिनहरूमा बैङ्कले अझै प्रभावकारी कार्यक्रमहरू गर्ने बताए।

अनारमनि पब्लिक क्याम्पसमा बीबीएस सङ्कायमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी बीबीएस संकायका विषयगत पुस्तक वितरण गरिएको उनले बताए । 

 अनारमनि पब्लिक क्याम्पसमा रहेको पुस्तकालयमा पर्याप्त पुस्तक नरहेको अवस्थामा आफूहरूले प्रदान गरेको पुस्तकले कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई  पढाइमा थप हौसला र प्रेरणा मिल्ने उनले बताए । 

  अनारमनि पब्लिक क्याम्पसमा बीबीएस संकायका विभिन्न विषयका ५० हजार मूल्य बराबरका ९७ थान पुस्तक प्रदान गरिएको महालक्ष्मी विकास बैङ्क लिमिटेड बिर्तामोड शाखाकी अप्रेसन इन्चार्ज वनिता पोखरेलले जानकारी दिइन् ।  

कार्यक्रममा  अनारमनि पब्लिक क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पोखरेल , क्याम्पस प्रमुख मोहन सिवाकोटीलगायतले महालक्ष्मी विकास बैङ्क लिमिटेड बिर्तामोड शाखाले पुस्तक प्रदान गरेर ठुलो गुन लगाएको बताए ।

सम्बन्धित समाचार