२०८२ बैशाख ९ गते , मंगलबार

झापाको लखनपुरमा प्रादेशिक आयुर्वेद अस्पताललाई २ करोड ५६ लाख, दमक बाल अस्पताललाई ३ करोड बजेट

sajilo news
झापा
२०७९ असार १ गते , बुधबार
झापाको लखनपुरमा प्रादेशिक आयुर्वेद अस्पताललाई २ करोड ५६ लाख, दमक बाल अस्पताललाई ३ करोड बजेट

झापाको कमल गाउँपालिकामा प्रादेशिक आयुर्वेद अस्पताल स्थापना हुने भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षबाट लखनपुरमा ५० शय्याको प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालनका लागि २ करोड ५६ लाख

बजेट विनियोजन गरेको बताएका छन् । उनले आयुर्वेद, होमियोप्याथी, प्राकृतिक चिकित्सा एवं अन्य वैकल्पिक चिकित्सा सेवा एकीकृत तथा एकद्वार प्रणालीबाट उपलब्ध गराउन बजेट प्रबन्ध गरेको बताए । त्यस्तै प्रदेश सरकारले स्थानीय तहसँगको सहकार्यमा एक वडा एक वर्थिङ्ग सेन्टर स्थापना तथा सुदृढीकरणका लागि  ४ करोड र स्थानीय स्तरमा रहेका आधारभूत स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र नगर अस्पतालहरूको स्थानीय तहसँगको सहकार्यमा सबलीकरणका लागि ३ करोड विनियोजन गरेको छ ।

प्रदेशमा बालबालिकाको उपचारका लागि दमक बाल अस्पताल स्थापना गर्न काठमाडौँ इन्स्टिच्युट अफ हेल्थलाई ३ करोड पुँजीगत अनुदान दिने व्यवस्था बजेटमा मिलाएको छ । 

सम्बन्धित समाचार