२०८३ बैशाख ३ गते , विहीबार

सहिद परिवारलाई १ लाख, द्वन्द्व पीडितको निःशुल्क उपचार

sajilo news
झापा
२०७९ असार १ गते , बुधबार
सहिद परिवारलाई १ लाख, द्वन्द्व पीडितको निःशुल्क उपचार

प्रदेश सरकारले सहिद परिवारको सम्मानमा आर्थिक सहयोगको घोषणा गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज प्रदेशसभामा बजेट प्रस्तुत गर्दै सहिद परिवारलाई १ लाखको दरले सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् । 

उनका अनुसार  ‘जनयुद्ध, मधेस आन्दोलन, आदिवासी आन्दोलनमा शाहदत्त भएका सहिदहरूको सम्मानमा उहाँहरूको परिवारका सदस्यलाई जनही १ लाखका दरले रकम उपलब्ध गराइने छ ।’ यस्तै सरकारले द्वन्द्व पीडितका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निःशुल्क उपचार गर्ने घोषणा पनि गरेको छ ।

सम्बन्धित समाचार