२०८३ बैशाख ३० गते , बुधबार

शिक्षिकामाथि यौन दुर्व्यवहार प्रकरण : प्रधानाध्यापक घिमिरेलाई कारबाही गर्नुपर्ने शिक्षक महासंघको माग

sajilo news
झापा
२०७९ जेष्ठ ३० गते , सोमबार
शिक्षिकामाथि यौन दुर्व्यवहार प्रकरण : प्रधानाध्यापक घिमिरेलाई कारबाही गर्नुपर्ने शिक्षक महासंघको माग

झापाको  मेचीनगर- ७ स्थित अरनिको माविका प्रधानाध्यापक अग्नि घिमिरेले सोही विद्यालयकी महिला शिक्षकमाथि यौन दुर्व्यवहार गरेको भनेर सञ्चारमाध्यममा आएको समाचारका विषयमा सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन नेपाल शिक्षक महासंघ मेचीनगरले माग गरेको छ ।

शिक्षक महासंघ मेचीनगरले आइतबार एक विज्ञप्ति प्रकाशित गरी जेठ २५ गते स्थानीय सञ्चारमाध्यममा सम्प्रेषण भएको ‘मेचीनगरमा प्रधानाध्यापकद्वारा महिला शिक्षकमाथि यौन दुर्व्यवहार, घटना सार्वजनिक हुने डरले प्रधानाध्यापकद्वारा राजीनामा’ शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शिक्षक महासंघ मेचीनगरका अध्यक्ष लेखनाथ पौडेल (केशव)ले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘शिक्षक महासंघ मेचीनगरको सचिवसमेत रहेका अरनिको माध्यमिक विद्यालय मेचीनगर-७ का प्रधानाध्यापक अग्निप्रसाद घिमिरेमाथि लागेको आरोपले समग्र शैक्षिक क्षेत्र र योसँग सम्बद्ध शिक्षक तथा कर्मचारी गम्भीर प्रश्न चिन्ह खडा भएको छ । शिक्षक जस्तो अत्यन्तै मर्यादित पेसासँगै जोडिएर आउने समाचारहरूले हामी पेसागत शैक्षिक नेतृत्वहरूलाई तरङ्गित एवम् सोचनीय बनाएको छ ।’

विज्ञप्तिमा अगाडी भनिएको छ, ‘प्रधानाध्यापकमाथि लगाइएको आरोप सही वा गलत के हो त्यसको निष्पक्ष छानबिन गरी दोषी ठहरिए कानुन बमोजिम प्रक्रिया अगाडी बढाउन आरोप गलत ठहरिए र समाचार सम्प्रेषण गर्नेलाई कानुनी दायरामा ल्याई तदनुरूप सजाय दिलाउने सवालमा सम्बन्धित निकायको छानबिनबाट प्राप्त हुने निष्कर्षको शिक्षक महासंघ सदैव स्वागत र सम्मान गर्दछ ।’

सम्बन्धित समाचार