२०८३ बैशाख ३ गते , विहीबार

हाइटेन्सन लाइनको तारतारै मान्छे हिँडेपछि प्राधिकरणलाई घण्टाको १० लाख घाटा

sajilo news
झापा
२०७९ जेष्ठ २८ गते , शनिबार
हाइटेन्सन लाइनको तारतारै मान्छे हिँडेपछि प्राधिकरणलाई घण्टाको १० लाख घाटा

नुवाकोटको हाइटेन्सन लाइनमा मानसिक सन्तुलन गुमाएका मान्छे तारतारै हिँडेपछि त्रिशुली थ्री ए जलविद्युत आयोजना ६ घण्टादेखि पूर्णरुपमा बन्द भएको छ। 

‘एउटा मान्छेले गर्दा घण्टाको १० लाख घाटा भइरहेको छ’,नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले  भने, कोही जान नसक्ने रहेछ, त्यो मान्छे तल पनि झर्दैन। मान्छे देख्दादेख्दै लाइन छोड्ने कुरा भएन।' उनका अनुसार अहिले झण्डै ७० मेगावाट विद्युत प्रशारण अवरुद्ध छ। ‘काठमाडौं आउने, भारत पठाउने सबैतिर जाने राष्ट्रिय प्रशारण लाइन यही हो’, घिसिङले भने।​
दुईवटा सर्किट रहेकामा एउटा मात्रै चालू अवस्थामा रहेकाले दुर्घटना हुन नपाएको उनको भनाइ छ। 

‘हाम्रो दुईवटा सर्किटमा एउटा मात्रै चालू थियो एउटा बन्द थियो’, घिसिङले भने, ती मान्छे चालूमा चढेको भए ठूलो दुर्घटना हुन्थ्यो, बन्दमा चढेकाले हल्लाखल्ला भयो र चालू सर्किट हामीले बन्द गर्नुपर्ने अवस्था आयो।’ नुवाकोटको ककनी गाउँपालिका ७ मा एक व्यक्ति झण्डै पाँच छ घण्टादेखि तारमै बसिरहेका छन्। थाहाखबरबाट

सम्बन्धित समाचार