२०८३ बैशाख २३ गते , बुधबार
भरुवा बन्दुकसहित एक जना पक्राउ
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका- ६ जन्तरखानी माथिल्लो मैदाने बस्ने ३५ वर्षीय कामे शेर्पालाई भरुवा बन्दुकसहित पक्राउ गरिएको छ ।
बिहीबार बिहान साढे १० बजे गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरी टोलीले उनलाई घरैबाट भरुवा बन्दुकसहित पक्राउ गरेको हो । पक्राउ परेका उनमाथि थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।