२०८३ बैशाख ३ गते , विहीबार

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

sajilo news
झापा
२०७९ जेष्ठ १९ गते , विहीबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

झापा । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो ।    निगमका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावअनुरुप मूल्य घटाइएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५३ रूपैयाँ पर्नेछ । अर्थ मन्त्रालयले पुर्वाधार कर घटाएर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि मूल्य घटाइएको निगमले जनाएको छ ।  सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रूपैयाँ पूर्वाधार कर घटाएको थियो ।  निगमले खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने घटेको छैन।

सम्बन्धित समाचार