२०८३ बैशाख ३ गते , विहीबार

भन्सार छलेर ल्याएका ४० लाखको सामानसहित एक जना पक्राउ

sajilo news
मोरङ
२०७९ जेष्ठ १९ गते , विहीबार
भन्सार छलेर ल्याएका ४० लाखको सामानसहित एक जना पक्राउ

मोरङको विराटनगर महानगरपालिका–४ बाट राजश्व छली अवैध रुपमा विराटनगरबाट इटहरी तर्फ लैजाँदै गरेको ४० लाख बराबरको समान सहित एक जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक जोगवनी टिकुलियाका ३४ वर्षीय श्याम चौधरी रहेका छन् । चौधरीले बीआर ३३ जीवी २६२७ नम्बरको ट्याक्टरमा मोटर पार्टस, छाला, नट बल्टु, मेसिनरी पार्टस पुर्जा र कपडा लगायत गरी अन्दाजी ४० लाख रुपैयाँ बराबरको सामान अवैध रुपमा राजस्व छली गरी इटहरीतर्फ लादै गरेको अवस्थामा विराटनगर–४ बाट प्रहरीले पक्राउ गरेको हो ।

अवैध समान सहित पक्राउ परेका चौधरीलाई बरामद भएको समान र ट्याक्टर सहित आवश्यक कारबाहीको लागि विराटनगर भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित समाचार