२०८१ चैत्र १४ गते , विहीबार

बजेटको आकार १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ

sajilo news
झापा
२०७९ जेष्ठ १५ गते , आईतबार
बजेटको आकार १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ

सरकारले आगामी आर्थिक वर्ष २०७९/८०का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड, वित्तिय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड र प्रदेश तथा स्थानीय तहमा वित्तिय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड गरी कुल १७ खर्ब ९३ अर्बको बजेट ल्र्याएका छन् । 

सरकारले आगामी आर्थिक वर्षमा राजश्वबाट १२ खर्ब ४० अर्ब ११ करोड र वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड उठाउने लक्ष्य लिएको छ ।बाँकी रहेको ४ खर्ब ९८ अर्ब २६ करोडको पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड र आन्तिरिक ऋण २ खर्ब ५६ खर्ब लिइने अर्थमन्त्री शर्माको भनाइ छ ।

सम्बन्धित समाचार