२०८१ चैत्र १४ गते , विहीबार

सरकारले अनुदान हटाएसँगै खाना पकाउने ग्यासको मूल्य बढ्ने

sajilo news
झापा
२०७९ जेष्ठ १५ गते , आईतबार
सरकारले अनुदान हटाएसँगै खाना पकाउने ग्यासको मूल्य बढ्ने

खाना पकाउने एलपीजी ग्यासको मूल्य बढ्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षदेखि एलपीजी ग्यासमा दिँदै आएको अनुदान हटाउने घोषणा गरेसँगै मूल्य बढ्ने भएको हो ।

हाल सरकारले एलपीजी ग्यासमा प्रतिसिलिन्डर ८०० रुपैयाँ अनुदान दिँदै आएको छ । यससँगै उपभोक्ताले ग्यास सिलिन्डर खरिद गर्न १८०० रुपैयाँ तिर्नुपर्थ्यो । जुन, मूल्य अब बढ्ने भएको हो । यसैगरी, सरकारले आगामी ३ महिना भित्रका सबै सार्वजनिक कार्यालय र आवास एलपीजी ग्याँस मुक्त बनाउने भएका छ । ती स्थानमा विद्युतीय चुलोको प्रयोग गरिनेछ ।

सम्बन्धित समाचार