२०८१ चैत्र १४ गते , विहीबार
दुई लाख बेरोजगारलाई रोजगारी दिने घोषणा, ७ अर्ब ५ करोड विनियोजन

सरकारले दुई लाख बेरोजगारलाई रोजगारी दिने व्यवस्था गरको छ। संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारले बेरोजगारलाई रोजगारको कार्यक्रम अघि सार्न लागेको बताएका हुन्। उनले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ७ अर्ब ५ करोड रूपैयाँ विनियोजन गरेको समेत बताए।