२०८३ बैशाख २३ गते , बुधबार
बढी विद्युत खपत गर्ने उद्योगीलाई २ देखि १५ प्रतिशतसम्म महशुल छुट
सरकारले मासिक १० करोड युनिटभन्दा बढी विद्युत खपत गर्ने उद्योगीलाई २ देखि १५ प्रतिशतसम्म विद्युत महशुल छुट दिने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार आव ०७९र८० को बजेट संसदमा प्रस्तुत गर्दै यस्तो व्यवस्था गरेको बताएका हुन्। औद्योगिक क्षेत्रको विकास, वैदेशिक लगानी आकर्षण गर्न, उत्पादन एवं वृद्धि निर्यात प्रवर्द्धन गरी आयत प्रतिस्थापन गर्न योगदान गर्न मासिक १० करोडभन्दा बढी विद्युत खपत गर्ने उद्योगलाई विद्युत महशुलमा २ देखि १५ प्रतिशत छुट दिने व्यवस्था मिलाएको उनले बजेट भाषणमा उल्लेख गरेका छन्।