मन्त्री पासाङको प्रतिबद्धता : भद्रपुर, कचनकवल र हल्दीबारीका अधुरा खानेपानी आयोजना तत्काल सञ्चालनमा ल्याउने
प्रदेश- १ का सिँचाइ ऊर्जा तथा खानेपानी मन्त्री रामकुमार राई (पासाङ) ले भद्रपुर, कचनकवल र हल्दीबारीका अधुरा खानेपानी आयोजनालाई तत्काल बजेट विनियोजन गरी सञ्चालनमा ल्याउने बताएका छन् । कचनकवलको सुकुनाडिगी खानेपानी उपभोक्ता समितिको उद्घाटन गर्दै मन्त्री पासाङले जिल्लाका अधुरा खानेपानी आयोजनालाई तत्काल पूरा गर्ने बताएका हुन् ।
उनले कचनकवल क्षेत्र भित्र पिउने पानीमा आर्सनिकको मात्रा धेरै रहेकाले रिफिल्टरिङ्ग गरी शुद्ध पिउने पानी तत्काल जनतामा पुर्याउन स्थानीय सरकारको प्रमुख दायित्व रहेको र प्रदेश सरकारसँग सहकार्य गर्न पनि निर्देशन दिएका छन् ।
मन्त्री पासाङले कचनकवलमा रहेका बनियानी खानेपानी, बालूबाडी खानेपानी, केचना खानेपानी, हल्दिवारी खानेपानी र भद्रपुरका खानेपानी आयोजनाहरूको समेत निरीक्षण गरेको नेकपा (माओवादी केन्द्र) भद्रपुरका सह–इन्चार्ज पुकार राजवंशीले जानकारी दिए ।